INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई पटक पटक बलात्कार गरेको आरोपमा तनहुँको खैरेनीटार गाउँपालिका–७ का ४५ वर्षीय हरि परियार विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० चैत २२ गते उजुरी दर्ता भएको छ ।

पीडित महिलालाई आरोपितले चैत २ गते राम्रो काम लगाइदिने प्रलोभन देखाएर शिवपुरी गेष्ट हाउसमा लगेर बलात्कार गरेको र दोस्रो पटक चैत ७ गते बुटवलस्थित होटल मकालु एण्ड रेष्टुरेण्टमा लगि बलात्कार गरेको भन्दै पीडित महिलाले चैत २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।

घटनाका आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहर प्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण चैत २१ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो