INSEC Online

📅 २०८३ जेष्ठ २१

बालिका बलात्कार घटनाका आरोपित हाजिर

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–३ का बिष्णुदेब लगरवार ०८० चैत २१ गते हाजिर भएका छन् ।

जिल्ला न्यायाधीश संजिब पोखरेलको इजलासबाट आरोपित ५० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा भएको अदालतले जानकारी दिएको छ ।

विष्णुपुर गाउँपालिका–१ का ललन मैरताले चलाएको मोटरसाइकल पछाडि सवार तिरहुत गाउँपालिका–५ लोहजराका १९ वर्षीय शिवशंकर यादवले घर पुर्‍याइ दिने भनी विश्वास दिलाइ हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहस्थित घरमा चार दिनसम्म बलात्कार गरेको पीडितले बताउनु भयो । पीडितकी आमाका अनुसार कसैलाई भनेमा घरपरिवारका सदस्य समेतको ज्यान बेपत्ता पारिदिने भनी धम्क्याएकाले पीडितले साथीको दिदीको विहेमा गएकी भनेर घरमा ढाँटेकी थिइन् । आरोपितले पुस २६ गते बाटो छेकी पुनः शारीरिक सम्पर्क राख्न दवाव दिएपछि भागेर रुदै घर आएकी पीडितले अघिल्लो घटनाका बारेमा समेत बताएको पीडितकी आमाले बताउनु भयो ।

पीडितलाई ०७९ जेठ १४ गतेदेखि जेठ १८ गतेसम्म बन्धक बनाइ बलात्कार गरेको घटना ढिलो गरी जानकारी भएकाले प्रहरी कार्यालयमा ढिलो उजुरी गरिएको पीडित परिवारका सदस्यले बताए ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ पुस २९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भएको थियो । अन्य आरोपितको खोजतलास भइरहेको र अनुसन्धान पश्चात माघ २५ गते उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ । यादव, लगरवार र अर्का आरोपित बिष्णुपुर गाउँपालिका–१ का २८ वर्षीय ललन मैरता यादव विरुद्ध इलाका प्रहरी कार्यालयले माघ २५ गते उजुरी दर्ता गरेको थियो ।

आरोपितहरुविरुद्ध ०७९ फागुन २२ गते पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदलातमा ०८० जेठ ८ गते अभियोजन पत्र दायर भएको थियो । मोटरसाइकल चालक ललन मैरता ०८० असार २८ गते गिरफ्तार भएका थिए । न्यायाधीश नविनकुमार जोशीको इजलासले आरोपित ललन ०८० असार २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् ।

अन्य

भिडियो