१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसूरमा कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका—११ भुजेलाका २५ वर्षीय दिपक सुनारलाई ०८० चैत २२ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिजवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहतकोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत कमल घलेले बताउनु भयो ।
पीडित बालिकालाई २०७९ कात्तिक ७ गते आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते ईलाका प्रहरी कार्यालय, मालाखेतीमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालय मार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा जबरजस्तीकरणी अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७९ मङ्सिर ५ गते पुर्पक्षका लागि कारगार पठाइएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण ०७९ कात्तिक ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।