INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बाहृदशी गाउँपालिका-१ की ३१ वर्षीया ममसरी राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति देवनारायण राजवंशीलाई चैत २२ गते गिरफ्तार गरेको छ ।

घरायसी विवादका क्रममा आरोपितले ०८० चैत २२ गते बिहान साढे ६ बजे खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति देवनारायणलाई गिरफ्तार गरेको हो ।

घटनाका विषयमा स्थानीयले इलाका प्रहरी कार्यालय, राजगढलाई सूचना दिएपछि आरोपितलाई घटनास्थलबाटै अनुसन्धानका लागि गिरफ्तार गरिएको सइ राजेन्द्र शर्माले बताउनु भयो ।

शवको पोष्टमार्टम मेची प्रादेशिक अस्पताल, भद्रपुरमा चैत २२ गते गर्ने तयारी गरिएको छ ।

अन्य

भिडियो