INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८० चैत १५ गते बरहथवा नगरपालिका–८ का ३५ वर्षीय दिपेश कुमार चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनु भएको छ ।

आरोपितले पीडितलाई चैत ९ गते आफ्नै घरमा बोलाइ धाक धम्की दिइ बलात्कार प्रयास गरेको पीडितले बताउनु भयो ।

घटना पश्चात आरोपित फरार रहेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका इन्स्पेक्टर सुमन बनियाले जानकारी दिनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत १६ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो