INSEC Online

📅 २०८३ जेष्ठ २१

कुटपिट घटनाका आरोपितहरू विरुद्ध उजुरी दर्ता

१३ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा बारबर्दिया नगरपालिका-१ का ४० वर्षीय जयबहादुर थारु र सोही ठाउँका ३५ वर्षीय पर्शुराम चौधरी विरुद्ध इलाका प्रहरी कार्यालय, बानियाँभारमा ०८० चैत १४ गते उजुरी दर्ता भएको छ ।

इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष श्रेष्ठका अनुसार पीडित बालकलाई आरोपितहरूले चैत १२ गते होलीको दिन सामान्य विवाद हुँदा लाठ्ठी प्रयोग गरी निर्घात कुटपिट गरेका थिए ।

आरोपित जयबहादुर थारुलाई प्रहरीले चैत १४ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको छ भने आरोपित पर्शुराम चौधरी फरार रहेको इन्स्पेक्टर श्रेष्ठले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित बालकको स्वास्थ्य परीक्षण चैत १४ गते बारबर्दिया नगर अस्पताल, जयनगरमा भयो ।

अन्य

भिडियो