INSEC Online

📅 २०८३ जेष्ठ २१

अनेरास्ववीयुका नेता अयडीको हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्या घटनाका फरार आरोपित ३३ वर्षीय नर अयडी, नरेश अयडी, २५ वर्षीय मंगल अयडी, ३३  वर्षीय मोहनबहादुर अयडी, २७ वर्षीय नविन अयडी, २२ वर्षीय लोकेश अयडी, २३ वर्षीय जीवन अयडी, ३२ वर्षीय उद्धव अयडी, ३८ वर्षीया अनिता रौले अयडी, ३६ वषीया धनादेवी अयडी, ४५ वर्षीय पदमबहादुर अयडी र ३२ वर्षीया ईश्वरादेवी अयडीलाई ०८० चैत १२ गते प्रहरीले सदरमुकाम मार्तडीबाट गिरफ्तार गरेको छ ।

०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा त्रिवेणी नपारपालिका–७ को नाटेश्वरी आधारभूत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ ।

घटनाका आरोपित नर अयडीलाई अनेरास्ववीयु र राष्ट्रिय युवा संघ, बाजुराका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको र अन्य ११ जना फरार आरोपितलाई गोप्य सूचनाका आधारमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर दानसिंह भण्डारीले बताउनु भयो ।

मङ्सिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जना विरुद्ध किटनी जाहेरी दिनुभएको थियो ।

किटानी जहेरीका आधारमा प्रहरीले गिरफ्तार गरेका घटनाका आरोपित शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पुर्पक्षका लागि जिल्ला कारागार, बाजुरा पठाउन र गिरफ्तार गरिएका घटनाका आरोपित रुपा चौधरी, विनोद अयडी, चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी र रनसिहं अयडीलाई साधारण तारिकमा रिहा गर्न ०८० मङ्सिर १९ गते सवोच्च अदालतले आदेश दिएको थियो ।

यसैगरी प्रहरीले गिरफ्तार गरेका घटनाका आरोपित रतन अयडीलाई जिल्ला अदालत, बाजुराको २०८० चैत्र ८ गतेको आदेशमा साधारण तारिकमा र निरज अयडीलाई ३ लाख रुपियाँ धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर भण्डारीले बताउनु भयो ।

०८० चैत १२ गते गिरफ्तार गरिएका घटनाका फरार १२ जना आरोपितको बाजुरा जिल्ला अदालतमा बयान सुरु गरिएको इन्स्पेक्टर भण्डारीले बताउनु भयो ।

अन्य

भिडियो