१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका– ७ का ४८ वर्षीय सन्तबहादुर कामीलाई चैत १३ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले चैत १२ गते जिल्ला प्रहरी कार्यालय, चितवनमा उजुरी दिनु भएको थियो ।
उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, चितवनका डिएसपी श्रीराम भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते भरतपुर अस्पतालमा गरिएको थियो ।