चिङ्गाड गाउँपालिका–३ मटेलाकी २१ वर्षीया टिका वादीलाई २८ वर्षीय पति प्रकाश वादीले मदिरा सेवन गरेर गाली गलौज गरी कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरुद्ध चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।
आफूलाइ पतिले मदिरा सेवन गरेर विगत चार महिनादेखि पटक पटक कुटपिट गर्ने र गाली बेइज्जत गर्दै आएको पीडितले आरोप लगाउनुभयो । पतिको हिंसाबाट मानसिक समस्या भएको उहाँले बताउनुभएको छ ।
आरोपितविरुद्ध उजुरी दर्ता भएकाे छ । आरोपितको कुटपिटबाट पीडित महिलालाई सामान्य चोटपटक लागेको छ । दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मणबहादुर शाहीले बताउनु भयाे ।