INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चिङ्गाड गाउँपालिका–३  मटेलाकी २१ वर्षीया टिका वादीलाई  २८ वर्षीय पति प्रकाश वादीले  मदिरा सेवन गरेर गाली गलौज  गरी कुटपिट गरेको आरोपमा पीडितले आरोपितविरुद्ध चैत ७ गते  जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आफूलाइ पतिले  मदिरा सेवन गरेर विगत चार महिनादेखि पटक पटक कुटपिट गर्ने र गाली बेइज्जत गर्दै आएको पीडितले आरोप लगाउनुभयो ।  पतिको हिंसाबाट मानसिक समस्या भएको उहाँले बताउनुभएको छ ।

आरोपितविरुद्ध उजुरी दर्ता भएकाे छ । आरोपितको कुटपिटबाट पीडित महिलालाई सामान्य चोटपटक  लागेको छ । दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाइने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मणबहादुर शाहीले बताउनु भयाे ।

अन्य

भिडियो