सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले पञ्चकन्या गाउँपालिका–२ का १८ वर्षीय मदन मिजारलाई जन्मकैदको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश शुभाषबाबु पुरीको इजलासले चैत ५ गते जन्मकैदको सजाय र सात लाख रूपियाँ जरिबानाको फैसला गरेको जिल्ला अदालतकी स्रेस्तेदार खेमकुमारी बस्नेतले जानकारी दिनुभयो ।
पीडितलाई आरोपितले ०७९ असोज १० गते बलात्कार गरेको भन्दै पीडितकी हजुरआमाले जिल्ला प्रहरी कार्यालयमा ०७९ असोज ११ गते उजुरी दिन् भएको थियो ।
प्रहरीले आरोपितलाई असोज ११ गते गिरफ्तार गरी जिल्ला अदालतमा पेश गरेकोमा जिल्ला अदालतको ०७९ कात्तिक २ गते आदेश अनुसार पुर्पक्षको लागि थुनामा रहेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण असोज ११ गते त्रिशूली अस्पतालमा गरिएको थियो ।