विद्युत प्राधिकरणले नगर विकासको भवनमा रहेको पुतलीबजार नगरपालिका– १ को वडा कार्यालयमा तीन दिन देखि विद्युत काटिदिए पछि सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ ।
टोल विकास संस्थाहरुले तिर्नुपर्ने रकम नतिरे पछि विद्युत प्राधिकरणले पुतलीबजार नगरपालिका– १ वडा कार्यालयको विजुलीको लाइन काटिदिएको हो । प्राधिकरणले लाइन काटेपछी वडा नं. १ को वडा कार्यालय, सिद्धार्थ, नारायणस्थान र भुपु सैनिक टोल विकासमा रहेका ३० पोलहरु विद्युत विहिन भएका हुन् ।
विद्युत लाइन नहुँदा कार्यालय समयमा विभिन्न सिफारीस लिन आएका सेवाग्राही रित्तो हात फर्कनु परेको छ । टोलहरुलाई पटक पटक खबर गरेपनि टोलहरुले वास्ता नगरेको वडाले जानकारी दिएको छ । प्राधिकरणले लाइन काटेपनी लाइन पुनः जोड्ने पहल भइएको वडा कार्यालयले जनाएको छ ।
यस बारे थप बुझ्न नगरपालिकामा फोन गर्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले आफुलाई यस बारे केहि थाहा नभएको बताउनु भयो । भने पुतलीबजार नगरपालिका का नगरप्रमुख तुलसीराम रेग्मीसङ्ग सम्पर्क हुन नसकेकाे पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासि रोशन लामिछानेले बताउनु भयो ।