INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाको कसुरमा ८ वर्ष कैद

१९ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा हरिपुर नगरपालिका–७ का ३१ वर्षीय सिकिन्दर चौधरीलाई जिल्ला अदालत सर्लाहीले ०८० फागुन ३० गते ८ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश विनोद कुमार गौतमको इजलासले आरोपितलाई ८ वर्ष कैद सजाय र ५५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति  दिने गरी मुद्दाको अन्तिम फैसला गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडित युवतीलाई आरोपितले ०७९ माघ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा ०७९ फागुन ११ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण ०७९ फागुन १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

अन्य

भिडियो