विद्यार्थीलाई प्रविधिमैत्री वातावरणमा अध्ययन गर्ने व्यवस्था मिलाउन बागलुङको धौलागिरि बहुमुखी क्याम्पसमा पुस्ताकालय निर्माण थालिएको चार वर्ष पुग्यो ।
पठनयोग्य सामाग्री सफ्टवेयरमार्फत कम्प्युटरमा राखेर अध्ययन गर्ने व्यवस्थाका लागि २०७६ सालमा प्रविधिमैत्री पुस्तकालय निर्माण गर्न भवन शिलान्यास गरिएको थियो ।
पुस्ताकालय निर्माणको लागि तीन ओटा तलाको ढलान सकिएको दुई वर्ष बित्यो । तर, संरचनालाई पूर्णता दिन नसक्दा पुस्तकालयको भवन मात्र होइन्, प्रविधिमैत्री पुस्तकालयमा अध्ययन गर्ने सपना देखेका विद्यार्थीहरु पूर्व विद्यार्थी भइसकेका छन् ।
प्रविधिमैत्री पुस्तकालय भवन निर्माणका लागि २०७६ साल फागुन २९ गते शिलान्यास गरिएको थियो । शिलान्यासको दुई वर्षमै ढलान सकिएको पुस्तकालय त्यसपछि बजेट अभवाका कारण अलपत्र बनेको छ ।
पुस्तकालय निर्माणका लागि ढलान भएको संरचनाको वरपर झरपात पलाएको छ ।
तत्कालिन संघीय सांसद डा. सुर्य पाठकको सांसद विकास कोष अन्र्तगत ७० लाख रुपियाँ लागतमा ठडिएको भवन साढे दुई वर्ष यता बजेट अभावमा काम अगाडि बढ्न नसकेको धौलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्यायले बताउनुभयो । उपाध्यायका अनुसार सांसद विकास कोष खारेज भएपछि निर्माण कार्य ठप्प उहाँको भनाई छ ।
धौलागिरि बुहुमुखी क्याम्पसमा पुरानो पुस्तकालय छ । नयाँ पुस्तकालय बनाउने, र प्रविधिअनुसार पढ्ने पढाउने सपना देखेको क्याम्पस प्रसाशन क्याम्पस प्राङ्गणमै अलपत्र पुस्तकालय भवन देख्दा दुख लागेको विद्यार्थी रोहन जिसीको भनाई छ ।
अपाङ्गता मैत्री संरचना, २५ थान कम्प्युटर जडान गरेर सफ्टवयर मार्फत अध्ययन गर्न सकिने व्यवस्था मिलाइने गरी निर्माण थालिएको पुस्तकालय भवनका लागि सांसद विकास कोषको २०७६ सालमा ४० लाख र २०७७ सालमा ३० गरी ७० लाख रुपियाँ रकम प्राप्त भएको थियो । सो बजेटबाट ४० प्रतिशत काम भएको छ ।
भवन निर्माण कार्य अलपत्र परेपछि क्याम्पस प्रसाशनको पटक पटकको ताकेतापछि त्रिभुवन विश्व विद्यालयले निर्माण सम्पन्न गर्न १ करोड बजेट बिनियोजन गरेको भन्दै आगामी आर्थिक वर्षमा काम सुरु हुनेमा आशावादी रहेको क्याम्पस प्रमुख प्रध्यापक डा. राम प्रसाद उपाध्यायको भनाई छ ।
अहिले निर्माण भएको तीन तलामाथी ट्रस्ट समेत निर्माण गरेर चारतलाको पुस्तकालय बनाउने क्याम्पसको योजना रहेको छ ।
क्याम्पसका अनुसार पुस्तकालयमा प्राविधिक सहयोग गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले सहयोग गर्ने भनेपनि सहयोग नआएपछि भवन अलपत्र परेको थियो । २०७७ सालभित्रै पूर्णता पाउने भनिएको भवन अहिलेसम्म बन्न नसकेको हो ।
आगामी वर्ष सम्म त्रिबिको बजेटबाट भवनले पूर्णता पाउने क्याम्पसको अपेक्षा रहेको छ । धौलागिरि बहुमुखी क्याम्पसमा हाल शिक्षा, मानविकी, वाणिज्य र विज्ञान सङ्कायमा स्नातक तथा स्नातकोत्तर तहसम्म अध्यापन भइरहेको छ । धौलागिरि क्याम्पसमा वाणिज्य अन्तरगत बिबिए कार्यक्रम अन्तरगत देशभरमै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।
