INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव अधिकारसम्बन्धी पाँचौँ राष्ट्रिय कार्ययोजनाको कार्यन्यवनको अवस्थाका बारेमा छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशी र राष्ट्रिय मानव अधिकार आयोग, धनगढीका प्रमुख हरी ज्ञवालीले सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव डाक्टर हरीप्रसाद लम्सालसँग ०८० फागुन २९ गते सयुक्त रुपमा भेटघाट गरी मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाको कार्यान्वयनको अवस्थाका बारेमा छलफल गर्नुभएको छ ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले सुदूरपश्चिम प्रदेशको सन् २०२३ को मानव अधिकारको अवस्थाका बारेमा जानकारी गराउँदै इन्सेकले प्रकाशन गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ समेत मुख्य सचिव लम्साललाई हस्तान्तरण गर्नुभएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएका मानव अधिकारका सवालहरुलाई संवोधन गर्न बजेटको व्यवस्था गरी प्रभावकारी रुपमा कार्यान्वय गर्न आवश्यक भएको भेटघाटका क्रममा बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रमुख हरिप्रसाद ज्ञवलीले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्यायोजनालाई प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेकोले यसको प्रभावकारीताका लागि प्रदेश सरकारले काम गर्न आवश्यक भएको सुझाव दिनु भयो ।

सुदूरपश्चिम प्रदेश सरकारका मुख्य सचिव डाक्टर हरीप्रसाद लम्सालले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजना कार्यान्वयनको प्रक्रियामा रहेको र मानव अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सुदूरपश्चिम प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्ययोजनालाई प्रभावकारी बनाउन राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक लगायतका संघसस्थाहरुसँगको सहकार्य तथा समन्वयमा प्रदेश सरकार काम गर्न इच्छुक रहेको समेत मुख्यसचिव लम्सालले बताउनु भयो ।

 

photo20240312kailali

 

अन्य

भिडियो