१२ वर्षीया बालिकालाई ०८० फागुन २६ गते बलात्कार गरेको आरोपमा प्रहरीले मंगलसैन नगरपालिकाका ३५ वर्षीय बुवालाई फागुन २६ गते गिरफ्तार गरेको छ ।
बालिकालाई बलात्कार गरेको जानकारी पीडितकी आमाले थाहाँ पाएपछि स्थानीयको सहयोगमा पीडित पक्षले आरोपित विरुद्ध फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो ।
पीडित पक्षले दिनुभएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका इन्स्पेक्टर राजेन्द्र साउदले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण फागनु २६ गते जिल्ला अस्पताल, अछाममा गरिएको छ ।