गोलबजार नगरपालिका—६ की ३५ वर्षीया अनिता कुमारी साहको धारिलो हतियार प्रयोग गरी ०८० फागुन २६ गते हत्या गरीएको अवस्थामा शव फेला परेको छ ।
राति खाना खाएर घरमा पति पत्नीमात्र रहेको बेला धारिलो हतियारले गर्दन काटीएको र सिलौटो टाउको माथी बजारिएको अवस्थामा घरभित्रै सुत्ने खाट नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी सन्तोष आचार्यले बताउनु भयो ।
राती मृतकका ४० वर्षीय पति महेन्द्र साह घर बाहिर आए पछि स्थानीयले घटनाको जानकारी पाउनासाथ प्रहरीलाई खबर गरेको एसपी आचार्यले बताउनु भयो ।
शवको पोष्टमार्टमको लागि धरान स्थित विपि काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २६ गते पठाएको छ ।
मृतकका पति महेन्द्र साह लगायत चार जनालाई नियन्त्रणमा लिएर घटनाकाे अनुसन्धान गरिरहेको एसपी आचार्यले बताउनु भयो ।