INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका–७ चिताईनका ४९ वर्षीय सिकिन्द्र चौधरीलाई ०८० फागुन २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले गिरफ्तार गरेको छ ।

घरमा एक्लै भएकाे माैका छाेपी आराेपित चौधरीले ०८० असार १९ गते पीडित बालिकालाई बलात्कार गरेको भन्दै साउन २४ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भयो ।

आरोपित चौधरीलाई फागुन २३ गते गिरफ्तार गरी फागुन २४ गते जिल्ला अदालतबाट तीन दिनको लागि म्याद थप गराई घटनाकाे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन २४ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको छ ।

अन्य

भिडियो