INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसूरमा जन्मकैद सजायको फैसला

१० वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको कसूरमा लम्कीचुहा नगरपालिकाका ५४ वर्षीय बुवालाई ०८० फागुन २३ गते जन्मकैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत कैलालीका न्यायाधीश विष्णुप्रसाद अवस्थीेको इजलासले कसूर ठहर गरी जन्मकैद सजायको फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेस्तेदार मानबहादुर विष्टले बताउनु भयो ।

२०७८ जेठ २७ गते भैंसी गोठमा झुण्डिएको अवस्थामा बालिकाको शव फेला परेको थियो । छोरीले आत्महत्या गरेको भन्दै शवको पोष्टमार्टमका लागि बुवाले नै सेती प्रदेशिक अस्पताल, धनगढी ल्याएको अवस्थामा शवको प्रकृति र घटनाका सम्बन्धमा सोधपुछ तथा अनुसन्धान गर्दै जाँदा बुवाले नै बलात्कार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि पीडित पक्षले आरोपित बुवा विरुद्ध जेठ २८ गते ईलाका प्रहरी कार्यालय, लम्कीमा उजुरी दिनुभएको थियो ।

प्रहरीले आरोपितलाई २०७८ जेठ ३० गते गिरफ्तार गरी सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जबरजस्तीकरणी र कर्तव्य ज्यान अन्तर्गत सोही दिन जेठ ३० गते जिल्ला अदातल, कैलालीमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०७८ असार २६ गते आरोपितलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको थियो ।

शवको पोष्टमार्टम ०७८ जेठ २७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरी सोही दिन जेठ २७ गते आफन्तले शवको दाहासस्कार गरेका थिए ।

अन्य

भिडियो