घरेलु हिंसा घटनाका पीडित गुजारा नगरपालिका-३ माइत भएकी २७ वर्षीया हसिबुन नेसालाई ०८० फागुन १८ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यलयले आर्थिक सहयाेग गरेकाे छ ।
पीडितलाई बारा जिल्ला आदर्श कोतबाल गाउँपालिका-५ का २८ वर्षीय पति शेख नसिरले कुटपिट गर्नुकाे साथै खान लाउन नदिई ०७८ असोज ६ गते घरबाट समेत निकालिदिएकाे पीडितले बताउनु भयाे । आराेपित पतिले शारीरिक तथा मानसिक यातना दिएकाे भन्दै पीडितले आराेपितविरुद्ध ०७९ वैशाख ६ गते जिल्ला अदालत गौरमा अंश र छोरीको पालनपोषण सम्बन्धमा मुद्दा दायर गर्नु भयाे । मुद्दा प्रक्रियामा रहेकाे पीडितले बताउनु भयाे ।
त्यस्तै, आर्थिक अवस्था कमजाेर भएकाे भन्दै इन्सेक राैतहट जिल्ला प्रतिनिधि मार्फत पीडितले आर्थिक तथा कानुनी सहायताका लागि पहल गरिदिनु हुन इन्सेक मधेस प्रदेश कार्यलयमा निवेदन दिनु भयाे । साेही निवेदनकाे आधारमा पीडितलाई इन्सेक मधेस प्रदेश कार्यालयले फागुन १८ गते पीडितलाई १० हजार रुपियाँ आर्थिक सहयाेग गरेकाे इन्सेक मधेस प्रदेशका संयाेजक राजु पाशवानले बताउनु भयाे ।