INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका–८ महेशपुरका २१ वर्षीय राजाराम चमारलाई फागुन १९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले फागुन १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।

पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।

अन्य

भिडियो