१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नवलपरासी जिल्ला रामग्राम नगरपालिका–८ महेशपुरका २१ वर्षीय राजाराम चमारलाई फागुन १९ गते बुटवलबाट गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले फागुन १५ गते यौन दुर्व्यवहार गरेको भनी पीडित बालिकाले फागुन १५ गते इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएकी छन् ।
पीडितले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन १५ गते भिम अस्पताल भैरहवामा गरिएको छ ।