INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाको कसुरमा ७ वर्ष कैद

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा ईश्वरपुर नगरपालिका–१४ का २९ वर्षीय गोकुल माझीलाई जिल्ला अदालत सर्लाहीले ०८० फागुन १८ गते ६ वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्र प्रसाद पराजुलीको इजलासले आरोपितलाई ७ वर्ष कैद र ३५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति दिने गरी मुद्दाको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिनु भयो ।

पीडितलाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आराेपितविरुद्ध इलाका प्रहरी कार्यालय केशरगंजमा साउन ११ गते उजुरी दिनु भएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १२ गते सर्लाही जिल्ला अस्पताल मलंगवामा गरिएको थियो ।

अन्य

भिडियो