मालारानी गाउँपालिका– ८ कमेरेपानी स्थित बालशिक्षा माध्यामिक बिद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलार्ई माघ २८ गते विद्यालय जाँदै गरेको अवस्थामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, जिल्ला संगठन समिति, अर्घाखाँचीले १० बुंदे माग राख्दै मोसो दलेर दुर्व्यहार गरेको छ ।
जनता र विद्यालयमा विद्यार्थीहरूको भविश्यमाथि खेलवाड गरेको आरोपमा प्रधानाध्यापकलाई पटक पटक सम्झाउँदा र छलफल गर्दा पनि गतिविधि नसच्याए पछि पार्टीले विज्ञाप्ति प्रकाशित गरेको छ ।
धर्मेन्द्र बास्तोला नेतृत्व क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला संगठन समिति अर्घाखाँचीले माघ २८ गते एक विज्ञप्ती जारी गरी प्रधानाध्यापक पन्थीले विद्यालय समयमा मादक पदार्थ सेवन गरेर बालबालिकालाई दुर्व्यवहार गरेकोे, दिवा खाजाको रकम हिनामिना गरेको, विद्यार्थीहरूबाट अनावश्यक शुल्क असुल गरेको, शिक्षक नियुक्तिमा घुस खाएको, विद्यालयको भवन निर्माणमा कमिशनको खेल गरेको, वडाको बजेटमा भ्रष्टाचार गर्ने भूमिका खेलेको लगायतका अनिमियतता गरेको आरोप उल्लेख गरेको छ ।
यो घटना व्यक्तिगत रिसिवीका कारण सुनियोजितरुपमा भएको पन्थीले बताउनु भयो ।
घटनामा संलग्न रहेको आरोपमा हुकुम भनिने हुमबहादुर खड्का र सह संयोजक नरेश्वर पाण्डेलाई स्थानीय युवाहरू र विद्यार्थीहरूको सहयोगमा प्रहरीले गिरफ्तार गरेको थियो ।