INSEC Online

📅 २०८३ जेष्ठ २१

धारिलो हतियार प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

माडी गाउँपालिका–१ जयलखसेकी २८ वर्षीया मनकुमारीलाई पति ३२ वर्षीय भीमबहादुर बुढाले फागुन ११ गते धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले आरोपतलाई फागुन ११ गते गिरफ्तार गरेको छ ।

आरोपितले ०८० फागुन ११ गते पत्नी मनकुमारीलाई घाँटीमा चक्कु जस्तो देखिने हतियारले प्रहार गरेको  जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामनारायण गुप्ताले बताउनु भयो ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय, घर्तीगाउँबाट खटिएको प्रहरी टोलीले आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर गुप्ताले बताउनु भयो ।

बुढाको घरमा १२ वर्षीय  छोरा र पाँच वर्षीया बालबालिका रहेका छन् ।  स्थानीयहरूका अनुसार दम्पती बिचमा घरायसी विवाद भएका कारण दुर्घटना भएको हो ।

घटनाको बारेमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामकुमार सारूमगरले बताउनु भयो ।

शवको पोष्टमार्टम फागुन १२ गत जिल्ला अस्पताल रेउघा गरी शव आफन्तलाई जिम्मा लगाइएको छ ।

अन्य

भिडियो