हत्या कसुर ठहर गर्दै जिल्ला अदालतले रामग्राम नपा– १०, मञ्जरियाका २७ वर्षीय चन्दन चौधरीलाई माघ २८ गते सर्वस्व सहित जन्म कैदको फैसला गरेको छ ।
आरोपितले १९ वर्षीया भाउजु मिराकुमारी थारुलाई ०८० असार २४ गते घरायसी विवादमा मोटर साइकलको सकरले टाउकोमा प्रहार गरी हत्या गरेको आरोपमा असार २५ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरी साउन १७ गतेको जिल्ला अदालतको आदेशमा पुर्पक्षमा रहेका थिए ।
जिल्ला अदालतका न्यायाधीश इश्वरीप्रसाद भण्डारीको इजलासले जन्मकैदको फैसला गरेको स्रेष्तेदार जानकीरमण यादवले बताउनु भयो ।