३३ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले माघ २५ गते ऐरावती गाउँपालिका –३ का ३० वर्षीय अरविन थापालाई सात वर्ष कैदको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश पुनाराम खनालको इजलासले सात वर्ष कैद , ३ लाख रूपियाँ जरिबाना र ३० हजार रूपियाँ क्षतिपूर्तिको फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार गणेशकुमार गौतमले बताउनु भयो ।
पीडितलाई आरोपितले ०८० साउन ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई साउन ६ गते घरबाट गिरफ्तार गरी जबरजस्ती करणीको आरोपमा ०८० साउन २३ गते जिल्ला अदालत प्यूठानमा मुद्दा दर्ता गरेको थियो ।
पीडितको स्वास्थ्य परीक्षण साउन ६ गते जिल्ला अस्पताल, बिजुवारमा भएको थियो ।