३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बारा जिल्ला कलैया उपमनपा– १२ सितलपुर घर भई कपिलवस्तु नगरपालिका– १ बस्दै आएका २७ वर्षीय बिजयकुमार गुप्ता विरूद्ध माघ २२ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले माघ ८ गते बलात्कार प्रयास गरेको भन्दै पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।
उजुरीको आधारमा आरापितलाई गिरफ्तार गरि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिचन्द्र वलीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ २२ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।