INSEC Online

📅 २०८३ जेष्ठ २१

घरेलु हिंसा घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

वीरेन्द्रनगर नगरपालिका–८ खजुराकी २० वर्षीया जसकला रोकायलाई २५ वर्षीय पति शिव बुढाले माघ २१ गते गालीगलौज गर्दै कुटपिट गरेको आरोपमा आरोपितविरुद्ध पीडितले माघ २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ ।

आरोपितको कुटपिटबाट पीडित महिलाको गालामा चोट लागेको छ । पीडितको  माघ २१ गते  प्रदेश अस्पतालमा उपचार भएको छ ।

आफूलाइ पतिले  पटक पटक कुटपिट गर्ने र गाली बेइज्जत गर्दै आएको पीडितले आरोप लगाउनुभयो ।

आरोपितविरुद्ध उजुरी दर्ता भएपछि माघ २२ गते दुबै पक्षलाई बोलाएर थप कानुनी प्रकृया अघि बढाउने जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्षण बहादुर शाहीले बताउनुभयो ।

अन्य

भिडियो