लोहन्द्रा खोलाको डुबानबाट पीडित भएका जहदा गाउँ पालिका-७ का २ सय ८० परिवारलाई भदौ १३ गते राहत सामग्री वितरण गरिएको छ ।
इन्सेक क्षेत्रीय कार्यालय विराटनगर र ओरेक विराटनगरको समन्वयमा जहदा गाउँपालिका-७ स्थित महादेवटोलका बाढी पीडितलाई राहत प्रदान गरिएको हो । राहत नपाएको गुनासो गर्दै आएका उनीहरूलाई म्याट्रेस, ब्ल्याङ्केट, झुल, तन्नालगायतका सामग्री वितरण गरिएको हो ।
सो क्षेत्रका बाढी पीडितले राहतमा चामल बाहेक केही नपाएको गुनासो आएपछि अन्य सामाग्रीहरू प्रदान गरिएको इन्सेक क्षेत्रीय कार्यालय विराटनगरका संयोजक सोमराज थापाले बताए ।