INSEC Online

📅 २०८३ जेष्ठ २१

स्थानीयद्वारा ढुङ्गामुढा प्रहार गर्दा दुई प्रहरी जवान घाइते

बाँफिकोट गाउँपालिका–३ स्यार्पुमा स्थानीयको झगडा छुटाउन गएका ईलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवानमाथि माघ १४ गते स्थानीयद्वारा ढुङ्गामुढा प्रहार गर्दा दुई  जना प्रहरी जवान घाइते भएका छन् ।

उक्त घटनामा प्रहरी जवान २५ वर्षीय महेन्द्र बहादुर शाही र २७ वर्षीय हिमराज खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका इन्स्पेक्टर धर्मेन्द्र खड्काले जानकारी दिनभयो ।

ढुङ्गामुढा गरेको आरोपमा बाँफिकोट गाउँपालिका–४ का २८ वर्षीय लक्ष्मण विक, सोही ठाउँका २२ वर्षीय जनक खनाल, २२ वर्षीय कैलाश पुरी र बाँफिकोट – ६ का १५ वर्षीय एक बालकलाई प्रहरीले गिरफ्तार गरिएको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

प्रहरीमाथि ढुङ्गामुढा भएको सूचनापश्चात प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा पुगेर सम्झाई बुझाई गर्न खोज्दा उल्टै प्रहरीमाथि ढुङ्गामुढा प्रहार हुँदा प्रहरी जवान शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेको छ ।  घाइतेलाई उपचारका लागि माघ १४ गते  जिल्ला अस्पतालमा ल्याइएको र थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको इन्स्पेक्टर खड्काले बताउनु भयो ।

अन्य

भिडियो