१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा घोडाघोडी नगरपालिका–७ करैचाका २१ वर्षीय अजय चौधरीलाई ०८० माघ ९ गते एक वर्ष कैद सजायको फैसला गरिएको छ ।
जिल्ला अदालत, कैलालीका न्यायाधीश प्रदिपकुमार उपाध्यायको इजलासले कसूर ठहर गरी एक वर्ष कैद सजाय, २५ हजार जरिवाना, ३० हजार क्षतिपुर्ति र १ हजार रुपियाँ पीडित राहत शुल्क भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका शाखा अधिकृत चेतबहादुर बोहराले बताउनु भयो ।
पीडित बालिकालाई २०८० जेठ १३ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले जेठ १५ गते ईलाका प्रहरी कार्यालय, सुखडमा उजुरी दिनुभएको थियो ।
प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध यौन दुर्व्यवहार अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतले २०८० असार ११ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० जेठ १५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।