जिल्लामा भूकम्प प्रभावित क्षेत्रमा १० हजार १ सय ५९ ओटा अस्थायी आवास निर्माण भएका छन् । गत कात्तिक १७ गते मध्यराति गएको भूकम्पले घरमा क्षति भएपछि घरवारविहीन १० हजार १ सय ५९ ओटा जनताका अस्थायी आवास निर्माण गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन कोषबाट १ अर्ब ३ करोड ४१ लाख ७५ हजार रुपियाँ माघ ५ गते सम्म निकासा भएको छ । ४२ हजार ५ सय २४ जना लाभग्राहीको संङ्ख्या कायम भएका मध्य अस्थायी आवास निर्माणका लागि २८ हजार ३८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागि सम्झौता गरेपनि २७ हजार ९१ लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्ता रकम पाएका छन् ।
स्थानीय तहले अस्थायी आवासका लागि ६७ करोड ७२ लाख ७५ हजार रुपियाँ वितरण गरेको मध्य स्थानीय तह तथा नेपाल सरकारबाट ९ हजार ६ सय ३७ ओटा र अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा अन्य सहयोगीबाट ५ सय २२ ओटा गरी जम्मा १० हजार १ सय ५९ ओटा अस्थायी आवास निर्माण भएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र शर्माले बताउनु भयो
भेरी नगरपालिकाको विपद व्यवस्थापन कोषमा भूकम्प पीडितका लागि १३ करोड ६९ लाख २५ हजार रुपियाँ जम्मा भएको छ । ६ हजार ६ सय ३५ जना लाभग्राही मध्य ४ हजार ६ सय ५२ जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले ११ करोड ६३ लाख रुपियाँ वितरण गरेको छ । नेपाल सरकारबाट ४ सय ९२ ओटा अस्थायी आवास निर्माण भएका छन् । नलगाड नगरपालिकाको विपद व्यस्थापन कोषमा २० करोड २४ लाख २५ हजार रुपियाँ जम्मा भएको मध्य कायम भएका ८ हजार ९७ जना लाभग्राहीले अस्थायी आवासका लागि पहिलो किस्त रकम सम्झौता गरेपनि ७ हजार १ सय ५० जनाले पहिलो किस्ता रकम पाएका छन् । नलगाड नगरपालिकाले १७ करोड ८७ लाख ५० हजार रुपियाँ लाभग्राहीलाई वितरण गरेको छ । पालिका तथा नेपाल सरकारले ६ हजार २ सय ९६, अन्तराष्ट्रिय गैर सरकारी संस्था तथा अन्य सहयोगीले ५ सय २२ गरी जम्मा ६ हजार ८ सय १८ ओटा अस्थायी आवास निर्माण भएका छन् ।
८ हजार २ सय ५ जना लाभग्राही कायम भएको छेडागाड नगरपालिकाले २० करोड ५१ लाख २५ हजार रुपियाँ विपद व्यवस्थापन कोषमा जम्मा भएको छ । २ हजार १ सय ८८ जना लाभग्राहीले पहिलो किस्ता रकमका लागी सम्झौता गरेकोमा २ हजार १ सय ८८ जनाले रकम पाएका छन् । ५ करोड ४७ लाख वितरण गरेको छ भने सरकारबाट ३ सय ७२ अस्थायी आवास निर्माण भएका छन् । बारेकोट गाँउपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा भएको १३ करोड ९६ लाख ५० हजार ५ हजार रुपियाँ र ५ सय ८६ लाभग्राही कायम भएका मध्य पहिलो किस्ता रकमका लागि सम्झौता गरेका ४ हजार ६ सय ८७ जना लाभग्राहीले रकम पाएका छन् । ११ करोड ७१ लाख ७५ हजार रुपियाँ अस्थायी आवासका लागि वितरण गरेको बारेकोट गाँउपालिकामा सरकारबाट १ हजार ६ सय ३१ ओटा अस्थायी आवास निर्माण भएका छन् ।
कुशे गाँउपालिकाको बिपद व्यवस्थान कोषमा जम्मा भएको १३ करोड २१ लाख ७५ हजार रुपियाँ रकम जम्मा भएको छ । ५ हजार २ सय ८७ जना लाभग्राही कायम भएको मध्य पहिलो किस्ता रकमका लागि ४ हजार १ सय ५४ जनाले सम्झौता गरेका मध्य सबैले अस्थायी आवासका लागि रकम पाएका छन् । १० करोड ३८ लाख ५० हजार रुपियाँ वितरण गरेका कुशे गााँउपालिकामा १ सय ८ ओटा अस्थायी आवास निर्माण भएका छन् । जुनीचाँदे गाँउपालिकाको विपद व्यवस्थापन कोषमा १३ करोड ५१ लाख ५० हजार रुपियाँ जम्मा भएको छ । ५ हजार ४ सय ६ जना लाभग्राही कायम गरेकोेमा १ हजार १ सय १३ जना लाभग्राहीसग सम्झौता गरी १ हजार १ सय १३ जनालाई पहिलो किस्ता रकम वितरण गरेको छ । २ करोड ७८ लाख २५ हजार रुपियाँ वितरण गरेको छ भने हाल सम्म अस्थायी आवास निर्माण हुन सकेका छैनन् ।
शिवालय गाँउपालिकाको विपद व्यवस्थापन कोषमा ८ करोड २७ लाख २५ हजार रुपियाँ जम्मा भएको छ । ३ हजार ३ सय ९ जना लाभग्राही कायम भएका छन् । पहिलो किस्ता रकमका लागि ३ हजार १ सय ४७ जनाले सम्झौता गरेका मध्य सबैले अस्थायी आवासका लागि पहिलो किस्ता रकम पाएका छन् । ७ करोड ८६ लाख ७५ हजार रुपियाँ वितरण गरेको छ । शिवालय गाँउपालिकामा ७ सय ३८ ओटा अस्थायी आवास निर्माण भएका छन् ।
४२ हजार ५२४ भूकम्प प्रभावित मध्य २७ हजार ९१ जनाले लाभग्राहीले अस्थायी आवासको रकम लिएको पालिकाले स्थानीय प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी तथा प्रशासकिय अधिकृत शर्माले बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनाका आधारमा ३२ हजार ३ सय ६५ जनाको परिवार त्रिपालमुनि बसेको पाइन्छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण भूकम्प पीडितले सरकारबाट प्राप्त भएको रकम पाउन सकेका छैनन् ।
