मुखियापट्टी मुसहर्निया गाउँपालिकाका अध्यक्ष ४८ वर्षीय जयकुमार यादवमाथि ०८० माघ ४ गते राति १२ बजे अपरिचित व्यक्तिहरुकाे समूहले आक्रमण गरेको छ ।
पीडित अध्यक्ष यादवले माघ ४ गते राति अस्पतालमा उपचारार्थ आफन्तलाई भेटी घर फर्किने क्रममा वडा नं ७ स्थित तपसीचोक नजिक १०४७ नम्बरको स्कार्पियोमा आएका अपरिचित व्यक्तिहरुले घेरा हाली आक्रमण तथा कुटपिट गरेको बताउनु भयाे । उहाँले भन्नु भयाे, “ममाथि आक्रमण गर्न खोज्दा मैले परिचय-पत्र देखाए । तर, म जमिनमा नलडुन्जेलसम्म ती व्यक्तिहरुले ममाथि मुक्का प्रहार गर्न छाडेनन् । कुटपिट सहन नसकि म मरेजस्तो गरेपछि उनीहरुले मलाई त्यही छाडेर गए”।
पीडितकाे स्वास्थ्य उपचार माघ ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयाे ।
जिल्ला प्रहरी कार्यालयका एसपीलाई फोन लगाए तर रिसिभ नगरेको गुनासो गर्नु हुँदै १ सय नं मा फोन गर्दा पनि समयमा प्रहरी नआएको उहाँले बताउनु भयाे ।
त्यस्तै, तपसी चोकमा जडान गरिएका सिसिटिभी क्यामेराकाे फुटेज हेरेपछि घटनामा संलग्न रहेका व्यक्तिहरुकाे पत्ता लाग्न सक्ने बताउदै उक्त घटनाकाे थप अनुसन्धान तथा दाेषीहरुकाे खोजी कार्य भइरहेको समेत डिएसपी रञ्जन आवाले जानकारी दिनु भयाे।