नेपालगञ्ज नगरपालिका – १९ की ४४ वर्षीया नरमाया घर्ती र २० वर्षीया शषा गुरुङलाई मृत घोषणा गर्ने कार्यमा संलग्न रहेको आरोपमा बर्दिया जिल्ल मधुवन नगरपालिकाको –७ का वडा अध्यक्ष सहित स्थानीय १० जनाविरूद्ध जिल्ला अदालत बर्दियामा पुस २३ गते जालसाजी मुद्दा दर्ता गरेको छ ।
लामो समयदेखि बेपत्ता भएको भन्ने जालसाजी गरी सर्जमिन मुचुल्का तयार पारी मृत्युको न्यायिक घोषणा गर्न सिफारिस गरेको भन्दै पीडित नरमाया घर्तीले वडाअध्यक्ष राजेन्द्र हमाल, वडा सदस्य बालकुमारी केसी, वडा सचिव विमल भण्डारी र जालसाजीमा संलग्न रहेको जनाउँदै मधुवन नगरपालिका–७ मा बस्ने आफ्नै सौता च्यामशो भन्ने मीनमाया गुरुङ र सरजमिन मुचुल्कामा हस्ताक्षर गर्ने ६९ वर्षीय लीलामाया थापा, ४९ वर्षीया आशमाया तामाङ, ४१ वर्षीय श्यामबहादुर लोहनी क्षेत्री, ६० वर्षीया पूर्णमाया गुरुङ, ५३ वर्षीय जमुना थारु, ४३ वषीय कमलबहादुर गुरुङ र ५३ वर्षीय ऋषिराम अधिकारी विरूद्ध बर्दिया जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
मधुवन नगरपालिका– ७ को मङ्सिर २६ गते चलानी नं. ८६६ रहेको नाता प्रमाणितमा च्यामश्यो भन्ने मिनमाया, नरमाया र शषा गुरङक नाता प्रमाणणित गरेको थियो । सोही दिन वडा कार्यालयले चलानी नं. ८८७ सिफारिस पत्रमा नरमाया घर्ती र शषा गुरुङ २०६० चैत १५ गतेदेखि हराएर सम्र्पक नभएको भन्ने सिफारिस गरेको थियो ।
त्यसैगरी, बर्दिया जिल्ला अदालतले पुस ४ गते स्थानीयसँग सर्जमिन गरेको थियो । वडाले दिएको सिफारिस र अदालतबाट गएको कर्मचारीको सर्जमिनको आधारमा बर्दिया जिल्ला अदालतले नरमाया घर्ती र शषा गुरुङको पुस १८ गते न्यायिक मृत्यु घोषणा गरेको थियो ।
बर्दिया जिल्ला अदालतमा नरमाया घर्ती र शषा गुरुङले पुस १९ गते मृत्युको न्यायिक घोषणा बदर गरी पाउँ भन्दै दिएको निवेदनको सुनवाई गर्दै जिल्ला लदालत बर्दियाले पुस २२ गते मृत्युको न्यायिक घोषणा बदर गरेको थियो ।
नेपाली सेनामा रहनु भएको पति सुब्बा गुरुङको २०६२ असोज ११ गते मृत्यु भएको थियो । च्यामश्यो भन्ने मिनमाया गुरुङ र नरमाया घर्तीले पतीको मृत्यु पछि पतिको नामबाट निवृती भरणको रकम आधा आधा नेपाल बैंक लिमिटेडबाट बुझ्दै आएको नरमायाले बताउनु भयो ।
मधुवन नगरपालिका–४ को कार्यालयबाट नरमाया घर्ती र शषा गुरुङले बसाइसराई गरी २०७३ कात्तिक २४ गते नेपालगञ्ज उपनगरपालिका –१९ को वडा कार्यालयमा बसाईसराई दर्ता गरेको पाइएको छ ।