INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सी घटनाका पीडितलाई आर्थिक सहयोग

WhatsApp Image 2024-01-12 at 8.40.55 PM

औरही नगरपालिका–९ अज्गेबारका की कथित बोक्सी घटनाका पीडित ५६ वर्षीया झब्सी ठाकुरलाई ०८० पुष २५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।

परिवारको आर्थिक अवस्था कम्जोर भएको हुनाले मानव अधिकारकर्मीहरूको उपस्थितिमा अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका संयोजक राजु पासवानले पीडित परिवरलाई नगद ८ हजार रुपियाँ हस्तान्तरण गर्नु भयो ।

पीडितलाई ०७८ कात्तिक ११ गते उनका छिमेकीहरु ३५ वर्षाीया रामसीला मण्डल, ४० वर्षीय सोनेलाल मण्डल, २० वर्षीय कृष्ण मण्डल, २० वर्षीय रामउदय मण्डल, ३५ वर्षीया दुखनी मण्डल, रामतलेबर मण्डल, ५५ वर्षीया शान्ति मण्डल, ६० वर्षीया हसिम बैठा र ३० वर्षीय अख्तर बैठाले बोक्सोको आरोप लागाउँदै पिडित ठाकुरको घरमै प्रवेश गरी घाँटीमा पासो लगाएर घिसार्दै कुटपिट गरी आँखामा धारिलो हँसियाले प्रहार गरी अचेत बनाएको थियो । पीडितको स्वास्थ्य उपचार जनकपुर स्थित सिटी अस्पतालमा भएको डि एस पी दिलिप कुमार गिरिले बताउनु भयाे ।

आरोपितहरुले पीडितलाई कुटिपिट गर्नुका साथै मलमुत्र समेत खुवाएकाे भन्दै पीडितले ०७८ कात्तिक १२ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बोक्सी र कुटपिट शिर्षकमा किटानी जाहेरी दिनु भएकाे इन्सप्क्टर महेन्द्र खड्काले बताउनु भयाे । आरोपितहरु विरुद्ध ०७८ मङ्सिर ७ गते जिल्ला अदालत महोत्तरीमा दर्ता भएका साे मुद्दा हाल सम्म १६ पटक पेशी भए पनि मुद्दा भएकाे छैन श्रेष्ठदार नुतन झाले बताउनु भयो । आरोपितहरु अदालतको आदेश अनुरसार धरौटीमा छुटेका छन्।

अन्य

भिडियो