INSEC Online

📅 २०८३ जेष्ठ २२

घरेलु हिंसा पीडित महिलाद्वारा पतिविरुद्ध अदालतमा मुद्दा दर्ता

महाबु गाउँपालिका–१ खरिगैराकी २७ वर्षीया बिनिता बुढाले आफू माथि ३० वर्षीय पति हेमराज खत्रीले कुटपिट गरी घर निकाला गरेको आराेपमा आराेपितविरुद्ध पीडितले  पुस २४ गते दैलेख जिल्ला अदालतमा घरेलु हिंसा मुद्दा दर्ता गर्नुभएको छ ।

घटना पुस १६ गते भएको उल्लेख गरी पीडितले घरेलु हिंसा मुद्दा दर्ता गराएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी नासु हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

अदालतमा मुद्दा दर्ता भइसकेकोले आरोपितका नाममा मुद्दाको फोटोकपी सहित आफ्नो लिखित प्रतिउत्तर ल्याउन म्याद गरी गर्ने त्यसपछि मुद्दाको तहकीकात अघि बढ्ने सूचना अधिकारी नासु उपाध्यायले बताउनुभयो ।

१५ वर्षको उमेरमा १२ वर्ष अघि विवाह गरेका पीडितकी १० वर्षीय छोरा र चार वर्षीया छोरी छन । कुटपिट घटनापछि छोराछोरी सहित महाबु गाउँपालिका–३ बाँसी गाउँस्थित माइतीघरमा आश्रय लिएको पीडित महिलाले इन्सेक जिल्ला प्रतिनिधिलाई जानकारी दिनुभयो ।

अन्य

भिडियो