INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका कसुरदार गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा मण्डनदेउपुर नगरपालिका–९, रानीटारका ५४ वर्षीय राजकुमार भनिने देवभक्त सापकोटालाई प्रहरीले ०८० पुस २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई सापकोटाले ०७९ फागुन २२ गते जङ्गलमा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत्र २७ गते जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएको थियो । सापकोटा चैत्र २६ गते गिरफ्तार भएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण चैत्र २६ गते धुलिखेल अस्पतालमा भएको थियो । प्रहरीले आरोपित विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मार्फत् ०८० वैशाख ८ गते बाल यौन दुरुपयोग अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता गर्‍यो । जिल्ला अदालतको सोही दिनको आदेशले सापकोटा ५५ हजार रुपियाँ धरौटीमा रिहा भएका थिए ।

जिल्ला अदालतले दोषी ठहर गर्दै ०८० असार १३ गते तीन महिना कैद सजाय र ११ हजार रुपियाँ जरिबाना भराउने फैसला गरेको थियो । सोही फैसलापछि सापकोटा फरार भएका थिए ।

अन्य

भिडियो