नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-२, घोडेटारका २८ वर्षीय कृष्ण राई र सोही ठाउँकी २६ वर्षीया रमिता राईलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।
जिल्ला अस्पताल भोजपुरमा पोष्टमार्टम नहुने भएपछि भदौ ३ गते नै शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।
पोष्टमार्टम रिपोर्ट आएपछि मात्र ती दुवैलाई आवश्यक कारबाही थालिने जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । आरोपितद्वयले नवजात शिशुको हत्या गरेको नभइ मृत अवस्थामा बच्चाको जन्म भएको बताएका छन् ।