INSEC Online

📅 २०८३ जेष्ठ २१

नौबस्तास्थित क्षेत्रीय कारागारमा राखिएका बाल थुनवाबिच झडप, सात जना घाइते

नौबस्तास्थित क्षेत्रीय कारागारमा राखिएका जयेन्दु  बाल सुधार गृहका बाल थुनुवाहरूबिच ०८० पुस १३, १४ गते र   १५ गते भएको झडपमा सात जना घाइते भएका छन् ।

झडपमा परी घाइते भएका बाल बन्दीहरुको घटनाकै दिन भेरी अस्पताल नेपालगञ्ज र कोशलपुर शिक्षण अस्पतालमा  उपचार गरिएको थियो ।

यस अघि जयेन्दु बाल सुधार गृहमा २०८० असोज २६ गते भएको  झडपमा एक जना मृत्यु भए पछि असोज २७ गते उमेर अनुसार नौबस्तास्थित क्षेत्रीय कारागारमा राखिएको थियो । जसमध्ये पर्साबाट १५ जना , हेटौडाबाट १८ जना , रुपन्देहीबाट १४ जना, बाँकेबाट पहिलो पटकमा २६ जना दोश्रो पटक ४३ जना गरी हाल जम्मा १  सय १६ जना बालबन्दी रहेका छन् ।

जयेन्दु बाल सुधारमा गृहमा यस अघि भएको झडपको रिसीवीकै कारण नौबस्ता बाल सुधार गृहमा आएका पहिलो समूह र  दोश्रो समूह भेट भए पछि पुस  १३ गते राती झडपमा परी दुई जना घाइते भएका थिए ।  दोश्रो दिन पुनः राती झडप भएपछि  थप चार जना घाइते भए भ एभने पुस १५ गते दिउँसो झडप भए पछि थप एक जना घाइते भएका थिए ।

एउटा समूहका  ९३ जना र अर्को समूहका  २३ जना बाडिए पछि बालबन्दीहरूको एक समूह बाहिर आएर भित्र जान मानेको  छैन । बाहिर आएका समूहले कार्यालयको गाडीमा पनि तोडफोड गरेका छन् ।

उनीहरूले भित्र जान नमाने पछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल  र एसपी सुवास बोहरा लगायतको टोलीले बालसुधार गृहमा पुगेर अवस्थालाई नियन्त्रणमा ल्याउने प्रयास भई रहेको बाल सुधार गृहका नासु सविता रावतले बताउनु भयो ।

अन्य

भिडियो