INSEC Online

📅 २०८३ जेष्ठ २१

कानुनी प्रकृयामा जानका लागि इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

झापा जिल्लाको विर्तामोड नगारपालिका–१० घर भई हाल बर्दिया जिल्ला गुलरिया नगरपालिका–४ माइती घरमा बस्दै आएकी घरेलु हिंसा पीडित  बमकुमारी शाहलाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक नेपालगञ्जले  पुस ११ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

शाहलाई पति सुकवीर लामाले पत्नी र छोरीलाइ खाना लाउन नदिई छोरीको जन्मदर्ता, नेपाली नागरिकता बनाउन नमानेको भन्दै पीडितले  सुकुवीर लामाविरुद्ध २०७९ पुस ८ गते बाँके जिल्ला अदालन नेपालगञ्जमा अंश मुद्दा दर्ता गरि कानुनी प्रकृयामा रहेको छ ।

मुलुकी देवानी संहिता ऐन २०७४ को दफा २६७ को  उप दफा (१),(२),(३) बमोजिम अंश मुद्दालाई कानुनी प्रकृयामा पुरयाउन इन्सेक आर्थिक सहयोग गरेको हो । इन्सेक नेपालगञ्ज पीडितलाई आठ हजार रूपियाँ उपलब्ध गराएको थियो ।

अन्य

भिडियो