INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका फरार आरोपित गिरफ्तार

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भएकी तर जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपित उनका पति मोतीबाबु साहलाई ०८० पुस ९ गते जनकपुरधामको सीताचोक स्थित सगुन होटेलबाट जिल्ला प्रहरी कार्यालय धनुषाले गिरफ्तार गरेकाे छ ।

आरोपित मोतीबाबुलाई आवश्यक प्रक्रिया पुर्‍याएर कारागार चलान गर्ने जिल्ला प्रहरी कार्यालयका एसपी मित्रबन्धु शर्माले जानकारी दिनु भयाे । उच्च अदालत धनुषाको आदेशमा रिहा भएका आरोपितलाई मङ्सिर २० गते सर्वोच्च अदालतले पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो ।

यसअघि असोज १८ गते उच्च अदालत जनकपुरले आरोपितसहित उनका बुबा मदनमोहनलाई समेत साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो । जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

आरती गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा मृत भेटिएकी थिइन् । दाइजोको कारण आरतीकाे हत्या पति र ससुराले गरेको पीडित परिवारको आरोप रहेको छ।

अन्य

भिडियो