सिमकोट गाउँपालिका–७ डाँडाफया घर भइ रेडियो कैलाशमा कार्यरत २५ वर्षीय ओवराज शाहीलाई सोही गाउँपालिका–३ बरगाउँका ३० वर्षीय निमा लामाले हातपात गरेको आरोपमा पीडित पक्षले आराेपितविरुद्ध पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ ।
रेडियोमा पुस ८ गते समाचार बाचनका लागि कार्यालयमा जाने क्रममा लामाले पत्रकार शाहीलाई मदिरा सेवन गरी कुटपिट गरेपछि प्रहरीमा उजुरी गरेको पीडितले बताउनु भयो ।
कुटपिट गर्दा पत्रकार शाहीलाई सामान्य चोट लागेको र स्थानीय स्तरमै उपचार भएको छ । पीडितको उजुरीका आधारमा दुवै पक्षलाई बोलाएर छलफल गर्ने जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर राजन प्रसाद भट्टराईले जानकारी दिनुभयो ।