म्याद थपको लागि जिल्ला सरकारी वकिल कार्यालय ल्याइएका यौन दुर्व्यवहार घटनाका आरोपित लहान नगरपालिका–२१ का ३५ वर्षीय छोटु सदा ०८० पुस ६ गते फरार भएका छन् ।
आरोपितले १३ वर्षीया बालिकालाई पुस ५ गते यौन दुर्व्यवहार गरेकोले कारबाहीको लागि इलाका प्रहरी कार्यालय लहानमा पीडित परीवारले पुस ५ गते उजुरी दिएका थिए । बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल लहानमा पुस ५ गते भएको थियो ।
आरोपितलाई पुस ५ गते गिरफ्तार गरी थप अनुसन्धानका लागी म्याद थप गराउन अदालत लग्ने क्रममा सरकारी वकिल कार्यालय अगाडिबाट आरोपित भागेकोले खोज तलास भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी भोलाकुमार भट्टले जानकारी दिनु भयो ।