जनकपुरधाम उपमहानगरपालिका-२१ की ३१ वर्षीय रामकली महरालाई ५९ वर्षीय ससुरा राम एकबाल महाराले कुटपिट गरेको भन्दै पीडितले आराेपित विरुद्ध अस्थायी प्रहरी चौकी कुर्थामा ०८० पुस १ गते उजुरी दिएकी छिन् ।
आरोपितले पीडितलाई ०८० पुस १ गते जगगा बाँडफाँडको विषयमा विवाद हुँदा बाँसको लाठ्ठीले कुटपिट गरेको पीडितले बताउनु भयो ।
पीडितको उपचार पुस १ गते राती प्रादेशिक अस्पताल, जनकपुरधाममा भयो।
आरोपित फरार रहेकोले खोज तलास भइरहेको अस्थायी प्रहरी चौकी, कुर्थाका असई राम पुकार चौधरीले बताउनु भयो ।