INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका पीडित बालिका र घरेलु हिंसा पीडित महिलालाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडित बालिका र घरेलु हिंसा पीडित महिलाको न्यायिक प्रक्रियालाई सहज बाउन इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८० मङ्सिर २८ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

११ वर्षीया बालिका र घरेलु हिंसा पीडित महिलालाई न्यायिक प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले पीडितहरु आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।

पीडित बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै सिविन नेपालले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको हो ।

पीडित बालिकालाई मङ्सिर २० गते धनगढी उपमहानगरपालिका–२ का १३ वर्षीय बालकले बलात्कार गरेको आरोपमा पीडित पक्षले मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनुभएको थियो । पीडित बालिकाको स्वस्थ्य परीक्षण मङ्सिर २५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।

photo20231214kailali (2)

यसैगरी गोदावरी नगरपालिका–१ की घरेलु हिंसा पीडित २३ वर्षीया पवित्रा कडरालाई आर्थिक सहयोग स्वरुप ८ हजार रुपियाँ प्रदान गरेको  छ ।

जिल्ला अदालतमा अंशबण्डाको मुद्दा दर्ता गरिएको भए पनि आर्थिक अभावका कारण पीडित महिलालाई न्यायिक प्रक्रियामा सहभागि हुन समस्या भएको भन्दै दलित महिला अधिकार मंचले इन्सेकलाई सहयोगका लागि सिफारिस गरेको थियो ।

आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले बताउनु भयो ।

photo20231214kailali (1)

अन्य

भिडियो