INSEC Online

📅 २०८३ जेष्ठ २१

सरकारी कर्मचारीद्वारा कुटपिट गरेको पीडित पत्नीको आरोप

भैरबी गाउँपालिका – ४ घर भइ हाल साेही गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठनागरिक शाखा प्रमुख नासु ३८ वर्षीया निर्मला आचार्यलाई पति कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका नासु ४१ वर्षीय नमराज शर्मा रिजालले मरणासन्न हुने कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

आरोपितले मङ्सिर २३ गते घरमा विहान भएको कुटपिटको क्रममा आँखामा गम्भीर चोट लाग्नुसंगै ढाड र तीघ्रामा जुत्ताको डाम बसेको छ । गाउँमा प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गराइएको पीडितकी भाइ हरि आचार्यले जानकारी दिनुभयो ।

भैरबी गाउँपालिकाको निर्धारित कार्यक्रम अनुसार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको कार्यक्रम गर्न जाँदा कार्यालयको पुरुष कर्मचारीको मोटरसाइकल चढेको विषयलाई विवादको विषय बनाइ कुटपिट भएको पीडितले इन्सेकलाई बताउनुभयो ।

‘सामान्य भनाबोल भएको हो, थप्पड हान्न खोज्दा घडीले ठोक्किएर आँखामा चोट लाग्न पुग्यो । कतै जाँदा वा केही काम गर्दा सरसल्लाह हुनु पर्यो, खास विवाद यही कुरा हो ।’ आरोपितले बताउनुभयाे ।

घटनाकाे बारेमा माैखिक उजुरी आएकाे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर कमल लम्सालले जानकारी दिनुभयाे । पीडितले उपचार गराएर फर्केर लिखित उजुरी  दिएपछि र थप प्रकृया अगाडि बढाउने उहाँले बताउनु भयाे ।

Photo20231211Dailekh (2)

Photo20231211Dailekh (1)

अन्य

भिडियो