INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया सुस्त मनस्थिती भएकी बालिकालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–४ का ३५ वर्षीय शुरेस यादवलाई इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८० मङ्सिर १३ गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई मङ्सिर १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय मिर्चैयामा उजुरी दिए । पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा मङ्सिर १३ गते भएको थियो ।

घटना लगत्तै आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले बताउनु भयो ।

अन्य

भिडियो