INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार पीडितलाई इन्सेकको सहयोग

बलात्कार पीडित १२ वर्षीया बालिकाको परिवारलाई न्यायिक प्रकृयामा अगाडि बढ्न इन्सेकले ०८० मङ्सिर १७ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

पीडित बालिकाकी आमाले आफ्नो घरको आर्थिक अबस्था दयनीय भएको बस्न, खानसमेत समस्या भएकोले न्याय प्रक्रियामा सहयोगका लागि  कातिक २३ गते इन्सेक, अर्घाखाँचीमा  निवेदन दिनुभएको थियो ।

सन्धिखर्क नगरपालिका– ७ वडा कार्यालयले पीडितको आर्थिक अबस्था अत्यन्तै कमजोर रहेको भन्दै आर्थिक सहयोगका लागि इन्सेकलाई सिफारिस गरेको थियो ।

इन्सेक जिल्ला प्रतिनिधि कूलबहादुर नेपालीले पीडित बालिकाको आमालाई ८ हजार रूपियाँ सहयोग रकम प्रदान गर्नु भएको छ ।

पीडित बालिकालाई ०८० असोज ७ गते सन्धिखर्क नगरपालिका–२ चुत्राबेसी बस्ने २० वर्षीय रामबहादुर पुन मगरले बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई असोज ८ गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण असोज ८ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भएको थियो ।

अन्य

भिडियो