INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध इन्सेकको सहयोगमा उजुरी

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बटेश्वर गाउँपालिका–४ राम्रो चौकका २७ वर्षीय मुन्ना भनिने नविन कुमार महतो विरुद्ध पीडित पक्षले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहयोगमा इलाका प्रहरी कार्यालय, महेन्द्रनगरमा ०८० मङ्सिर १७ गते उजुरी दिएका छन् ।

पीडित बालिकालाई मङ्सिर १५ गते साँझ ६ बजे घर नजिकै उखु खेतमा आरोपित महतोले बलात्कार गरेको भन्दै पीडितका बुबाले न्यायका लागि पहल गरिदिनु हुन भनि मङ्सिर १६ गते इन्सेक मधेस प्रदेश कार्यालयमा निवेदन दिएका थिए ।

इन्सेक, ओरेक र आवर संशार संस्थाका प्रतिनिधिहरूले मङ्सिर १७ गते घटनाको स्थलगत अध्ययनका क्रममा पीडित, पीडित परिवार, स्थानीय र सुरक्षा निकायका प्रतिनिधिहरूसँग भेटघाट गरी घटनाको बारेमा जानकारी लिनुका साथै उजुरी प्रक्रियामा पीडित परिवारलाई सहयोग गरेको हो ।

थे्रसर मेसिनबाट धान दौनीको कार्य गरिरहेको बेला छोरी आफू भएको स्थानमा आएर घर तर्फ एक्लै गएको अवस्थामा आरोपित महतोले छोरीलाई एक्लै देखेर पछाडीबाट नै बलपुर्वक नियन्त्रणमा लिई उखु खेतमा लगी ज्यान मार्ने धम्की दिई डर र त्रासमा पारेर बलात्कार गरेको पीडितको बुबाले बताउनु भयो ।

घटना बारे कसैलाई भने ज्यानमार्ने धम्की दिएको पीडित बालिकाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते राती नै प्रादेशिक अस्पताल जनकपुरधाममा गरिएको एकद्वारा संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) की स्वास्थ्यकर्मी सुरिती यादवले बताउनु भयो ।

घटना थाहा भएपछि तत्कालै घटना स्थल पुगेको तर घटनापछि आरोपित फरार रहेकोले खोजि कार्य जारीरहेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर दिपक कार्कीले बताउनु भयो ।

अन्य

भिडियो